जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका
एटलान्टा : चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुवैले समूह ‘ए’को आफ्नो पहिलो खेलमा पराजय बेहोरेका थिए। बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा नेपाली समयअनुसार ९:४५ बजे यी दुईले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन्।दक्षिण अफ्रिकालाई उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले २–० गोलले पराजित गरेको थियो। यस्तै दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को पुनरागमन जित हासिल गरेको थियो।
