रास्वपाको सचिवालय बैठक जारी, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा पार्टी मुख्यालय वनस्थलीमा बैठक बसेको छ । बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको पार्टी महासचिव कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
