SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

प्रि ओपन सेसनमा ओरालो लाग्यो नेप्से परिसूचक

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.१९ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २६९८.३४ विन्दुमा अडिएको छ।५९ वटा स्क्रिप्सको ३० हजार ६९९ कित्ता सेयर २५ लाख १७ हजार ७६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।