रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्
भैरहवा : सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला कारागार कार्यालय भैरहवामा भीआइपी सुविधा प्रदान गरेको पाइएको छ।अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागार प्रशासनले लामिछानेको सुविधाका लागि एज ट्वाइलेट, बाथरुम भएको कोठा उपलब्ध गराएको छ। जसलाई प्रशासनले ‘४ नम्बर ब्लक’को नाम दिएको छ। उनी आउनुअघि कारागारमा ‘४ नम्बर ब्लक’ थिएन।
