SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा परेको छ । बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो ।