भारतको बिनु नदीको बाढीमा लुम्बिनीका चार नागरिक बेपत्ता, खोजीका लागि मुख्यमन्त्रीको पहल
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष पहल गरेका छन्। घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति ल्याउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न आग्रह गरेका हुन्।
