SHARE
अन्नपूर्ण · शनिबार २४ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

रसुवागढीमा बेपत्ता प्रहरी जवान ठाकुरको कुशको शव बनाएर दाहसंस्कार

सिमराः नेपाल–चीन सिमानास्थित रसुवागढीमा गत असार २४ गते बाढीमा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको अवस्था अज्ञात बनेपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका छन्। घटना भएको एक महिनासम्म पनि शव नभेटिएपछि उनका परिवारले ३२औं दिनमा कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। बाराको फेटा गाउँपालिका १ घर भएका २४ वर्षीय प्रहरी जवान ठाकुर रसुवाको नेपाल–चीन सीमा नाकामा रहेको ल्हेन्दे खोलामा आएको बाढीमा बेपत्ता भएका थिए।