युद्ध अन्त्य गर्न १४ बुँदे सम्झौता पत्रमा ट्रम्प र इरानी राष्ट्रपति मसूदले गरे हस्ताक्षर
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको प्यालेस अफ भर्साइल्समा आयोजित एक समारोहका बीच अमेरिका-इरान सम्झौताको प्रतिलिपिमा हस्ताक्षर गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा आयोजित रात्रिभोजपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'सम्झौतामा हस्ताक्षर भएको छ।' इरानी सरकारी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्बिरहरूका अनुसार उक्त दस्तावेजमा इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पनि हस्ताक्षर गरेका छन् ।
