SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

कहिले बन्छ बुढीगण्डकी ?

काठमाडौं : कम्पनी मोडलमा बनाउने गरी लगानीको ढाँचा स्वीकृत भइसकेको बुढीगण्डकी जलविद्युत् आयोजना अब प्राधिकरण ढाँचामा अघि बढ्ने सरकारको घोषणा छ। आर्थिक वर्ष २०८३/८४ को बजेटले १२ सय मेगावाटको जलाशययुक्त आयोजना प्राधिकरण ढाँचामा बनाउने गरी अघि बढाइने उल्लेख गरेको छ। पहिलो अध्ययन भएयता बुढीगण्डकी बनाउने ढाँचा परिवर्तन हुँदै आएका छन्, तर आयोजना अझै पूर्वतयारीको चरणमै छ। सुरुमा करिब साढे दुई खर्ब लागत अनुमान गरिएको आयोजनाको अहिलेको लागत अनुमान चार खर्ब नाघिसकेको छ।