अर्घाखाँचीमा ३ हजार १ सय १८ हेक्टर जमिनमा सिँचाइ सुविधा
अर्घाखाँची : अर्घाखाँचीमा ३ हजार १ सय १८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३६.४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले बताए। जिल्लामा २१ हजार २ सय ४७ हेक्टर जमिनमा खेती गरिँदै आएको छ। जस मध्ये ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको डिभिजन प्रमुख भुसालको भनाइ छ।
