मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बरहथवा : सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बलरा नगरपालिका-११ वडा कार्यालय नजिकै बिआर३०के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो।
