SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पुर्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पुर्याइएको हो ।