'सोर्स कोड' चोरी दुई जना पक्राउ
काठमाडौं : आफैंले काम गरेको सफ्टवेयर कम्पनीको 'सोर्स कोड' चोरी गर्ने दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरोका प्रमुख नविन्द्र अर्यालका अनुसार सर्लाहीका २६ वर्षीय सुजनकुमार महतो र धादिङका २४ वर्षीय सुमन श्रेष्ठ काठमाडौंबाट पक्राउ परेका हुन्। उनीहरू काठमाडौंमा नै रहेको एक कम्पनीमा काम गर्दै आएका थिए। काम छाडेपछि त्यहाँको डाटा, कोडिङ र कम्पनीको स्रोत संकेत चोरी गरेर दुरुपयोग गरेका थिए। सोर्स कोड चोरी भएपछि कम्पनीमा उक्त सफ्टवेयर चल्नै छाडेको थियो।
