मानवबस्ती माथिबाट ढुंगो घरतिर झर्ने खतरा
नुवाकोट : नुवाकोटको बाह्रबिसेमा मानव बस्तीमाथिको ठूलो ढुंगो झरिरहेको छ। गाउँतिर झरिरहेको उक्त ठूलो ढुंगोका कारण तल रहेका मानव बस्ती झण्डै एक महिनादेखि निदाउन सकेका छैनन्।तादी गाउँपालिका-४ बाह्रबिसे माथिको उक्त ढुङ्गो सरिरहेको गाउँपालिका अध्यक्ष सन्तमान तामाङले बताए। उक्त स्थलमा पुगेर शुक्रवार जिल्ला विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ।
