SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

पहिलो महाधिवेशनको तीव्र तयारीमा रास्वपा

चितवन : सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने महाधिवेशनका लागि उद्घाटन तथा बन्दसत्र स्थलको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।महाधिवेशनको उद्घाटन सत्र जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेस्ट हाउसको चौरमा हुनेछ। रास्वपाले यसअघि पनि सोही स्थानमा विभिन्न कार्यक्रम गरेको थियो। पार्टी सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि विजय सभा पनि यहीँ गरिएको थियो।