SHARE
अन्नपूर्ण · शनिबार २४ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जनैपूर्णिमामा लाग्ने पार्वतीकुण्ड मेलाका लागि दररेट तोकियो

काठमाडौं : जनैपूर्णिमाका अवसरमा लाग्ने पार्वतीकुण्ड मेलाका लागि दररेट तोकिएको छ। रसुवाको आमाछोदिङ्‍मो गाउँपालिका-३ गत्लाङमा रहेको उक्त कुण्डमा जाने तीर्थयात्रीलाई खान बस्न सहज बनाउन दररेट कायम गरिएको हो। पालिका उपाध्यक्ष चण्डिका तामाङको संयोजकत्वमा आज गत्लाङमा सञ्चालित स्थायी र अस्थायी होटेलको अनुगमन गरिएको थियो। अनुगमनपश्चात व्यवसायीसँग छलफल गरेर दररेट तोकिएको हो। साथै मेला अवधिभर  खाने र बास बस्ने विषयमा एउटै दररेट कायम गर्ने सर्वसम्मत निर्णय भएको छ।