आज राति देशका यी स्थानमा हुने छ भारी वर्षा
काठमाडौं : आज राति देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।भोलि देशभर साधारणतया बदली रहनेछ।
