SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : पोर्चुगल र कंंगोको खेल बराबरीमा

फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो ।