एनपीएल : कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो ।
