‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागी हुने
काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने जनाएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलकी निर्देशक आयुषा श्रेष्ठले नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिने जानकारी दिइन् ।
