SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

हुम्लामा छाउपडी प्रथा कायमै

हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका बस्तीमा कायमै रहेको छ । जिल्लाका केही स्थानीय तहका थोरै गाउँहरुमा यसको अन्त्य भएपनि अधिकांश गाउँहरु छाउपडी प्रथा कायमै रहेको छ । यहाँका विभिन्न सरोकारवाला निकायहरुले यसको अन्त्यका लागि विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि हट्न सकेको छैन ।