SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

हुम्लाको मौलिक परम्परा : धामीले कम्मरमा भाँचे फलामको डण्डा

हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्। स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो।