SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

आर्यन राईको आरोप– सरकार कामभन्दा प्रचारबाजी र फन्डामा केन्द्रित भयो

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीमाथि टिप्पणी गर्दै राईले सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा सरकारको कामको मूल्याङ्कन गर्न नहुने बताएका हुन् ।