SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

एनपीएल : विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५७जोडेको हो । चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो ।