एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ ।
