SHARE
अन्नपूर्ण · शनिबार २४ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जनार्दनलाई आत्मालोचित गराउन माओवादी हेडक्वाटरको सर्कुलर

काठमाडौं : नेकपा माओवादी केन्द्रको हेडक्वाटरले पार्टी उपमहासचिव जनार्दन शर्मालाई सार्वजनिकरूपमै आत्मआलोचनाका लागि दबाब दिन संगठनका तल्लो कमिटीहरूमा सर्कुलर पठाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी बैठकमा नेता शर्मालाई आत्मआलोचित हुन सोमबार निर्देशन दिएका थिए। तर, उनले त्यो निर्देशन पालना गरेका छैनन्। निर्देशनको पालना गराउन माओवादी हेडक्वाटरले तल्लो कमिटीसम्म सर्कुलर पठाएको छ।