अनलाइन ठगी र मूकदर्शक राज्य
इन्टरनेटको दुनियाँमा ठगी त भइरहेका नै थिए, जसलाई रोक्ने तागत नेपाल राज्यले राख्न मुस्किल परिरहेकै हो। विश्वकप फुटबल सुरु भएयता त्यस्तो ठगी झन् बढेको छ। ठगी विश्वकप फुटबलको पारोजस्तै उकालिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी विश्वकप फुटबल सुरु भएयतामात्रै सयभन्दा बढी परेको छ। यो निकै डरलाग्दो तथ्यांक हो। लोभले लाभ, लाभले विलाप भनिन्छ। अहिले भने लाभको आसमै विलाप भइरहेको छ।सित्तैमा विश्वकप फुटबल हेर्न मिल्ने भनेर आएका एसएमएस र अनलाइन लिंक तथा विज्ञापनको विश्वास गर्दा युवाहरू ठगिएका छन्।
