सरकारको चरित्र लोकतान्त्रिक भएन : पापड
काठमाडौं : शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले नागरिक अधिकार खुम्च्याउने तथा प्रेस, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पापडले लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एकजुट हुन पनि सबैमा आह्वान गरेको छ। बुधबार जारी संयुक्त विज्ञप्तिमा पापडले पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिले लोकतान्त्रिक संस्थाहरू, विधिको शासन तथा नागरिक अधिकारलाई कमजोर बनाउने खतरा बढाएको उल्लेख गरेको छ।
