SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

युद्धविराम सम्झौताको १४-बुँदे मस्यौदा अमेरिकाले गर्यो सार्वजनिक

वासिङ्टन डीसी : अमेरिकाको तर्फबाट अमेरिका-इरान (तथा इजरायल) युद्ध अन्त्य गर्ने उद्देश्यले तयार पारिएको समझदारी पत्रको १४-बुँदे मस्यौदा सार्वजनिक गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका तर्फबाट यस सम्झौताका सम्बन्धमा आएको यो अहिलेसम्मकै सबैभन्दा स्पष्ट आधिकारिक विवरण हो। यो ऐतिहासिक सम्झौतामा भोलि शुक्रबार दुवै पक्षले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।हालसम्म अमेरिका वा इरान कसैले पनि यस सम्झौताको भौतिक प्रतिलिपि सार्वजनिक गरेका छैनन्।