SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

उच्च गोलकर्ताको दौडमा मेसी

काठमाडौं : सन् १९३० मा १३ टोलीको सहभागितामा निक्कै प्राचीन र कष्टकर तरिकाले सुरु भएको विश्वकप अहिले उत्तर अमेरिकामा इतिहासकै सबैभन्दा धेरै ४८ टिमको बीचमा २३औं संस्करणको यात्रामा चलिरहेको छ।विश्वयुद्धका कारण १२ वर्षसम्म विश्राम लिएको प्रतियोगिताले १३ बाट ४८ टिम अनि १९३० देखि २०२६ सम्मको यात्रामा थुप्रै उतारचढाब बेहोरेको छ। तर, प्रत्येक पटक प्रतियोगिताले नयाँ–नयाँ उचाइ हासिल गर्दै अगाडि बढेको कारण अहिले फिफा विश्वकप विश्व खेलकुदकै सबैभन्दा ठूलो आकर्षण बन्न सफल भएको छ।