व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
काठमाडौं : विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरेको थियो।
