राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सुरु, ६६३० विद्यार्थी सहभागी
राष्ट्रिय सेवा दलले देशभरका २२१ वटा विद्यालयमा अध्ययनरत ६ हजार ६३० जना छात्रछात्रालाई समेटेर जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सञ्चालन सुरु गरेको छ। राष्ट्रिय सेवा दलले असार १ गतेदेखि सुरु गरेको उक्त तालिम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा संस्थागत तालिम सञ्चालन गरिनेछ भने दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प आयोजना गरिने जनाइएको छ।
