जीवी राई अभियुक्त भन्दा पहिले नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर बनोस् : आरेन राई
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका हुन् । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको बताए ।
