सुकुम्बासीलाई असार तेस्रो सातादेखि लालपूर्जा वितरण गर्छौं : मन्त्री रावल
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने बताएकी छन्।बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारीमा रहेको बताइन्। ‘लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं। अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं,' उनले भनिन्।
