निजी क्षेत्रमैत्री विद्युत् ऐनका लागि पहल गर्छु: इप्पान अध्यक्ष डाँगी
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले निजी क्षेत्रमैत्री विद्युत् ऐनका लागि पहल गर्ने बताएका छन् । बुधवार संस्थाको कार्यालयमा कार्यभार सम्हाल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले निजी क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताए ।
