SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन सांसदको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनः स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन तथा प्रभावितलाई रोजगारी र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।