SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गरेका छन् ।