SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलबासेले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।