SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ११:३० AM · 1 मिनेट पढाइ

एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्स फाइनलमा

काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्स राजधानीमा जारी ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)’को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ ।