मध्यरातसम्म सेल्फी, बिहान मृत्युको खबर : नव विवाहिता मृत्युको रहस्य गहिरिँदै
भारत : बिहान जब म निदाएर उठें, मेरो मोबाइलमा मेरी छोरी र ज्वाइँको सेल्फी आएको थियो । मेरी छोरीले रात करिब डेढ बजे यो पठाएकी थिइन् । त्यसपछि बिहान आठ बजे ज्वाइँले फोन गरेर मेरी छोरीको मृत्यु भइसकेको बताए । यो भनाइ पी. राधा गायत्रीका पिता, पूर्व सैनिक पी. सुधाकरको हो । उनकी छोरीको शव ऋषिकेशस्थित एक होमस्टेबाट फेला परेको छ ।प्रहरीका अनुसार गायत्री आइतबार राति आफ्ना पति सौम्य श्रीचरणसँग टिपरीधारस्थित ‘कियाना होमस्टे’ पुगेकी थिइन् । श्रीचरण पुणेस्थित एक आईटी कम्पनीमा कार्यरत छन् ।
