SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच भेटवार्ता भएको छ। बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।भेटमा राजदूत सुरोभत्सेभले नेपाल-रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताएका थिए। उनले नेपाल सरकारबाट अनुरोधसहित सूची प्राप्त भएमा वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्ष तयार रहेको बताएका थिए।