५० डिग्री तापक्रममा यस्तो जोखिम मोलेर गरिन्छ इरानी इन्धन तस्करी
इरान : मजारको सानो मोटरसाइकल पेट्रोलले भरिएका प्लास्टिकका कन्टेनरहरूले यति धेरै भरिएको छ कि बस्नका लागि मुश्किलले ठाउँ बाँकी छ । उनको पुरानो मोटरसाइकलमा ७० लिटर क्षमताका पाँच वटा कन्टेनर राखिएका छन्, जसको कुल तौल करिब २७२ किलोग्राम छ । तेलका कन्टेनरहरू उनको बाइकको दुवैतिर खतरनाक तरिकाले झुन्डिएका छन् र डोरीले बाँधिएका छन् । उनले यो इन्धन पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानको मस्तुंगमा रहेको खुला इन्धन बजारबाट खरिद गरेका हुन् । मजार त्यही बस्छन् ।
