श्रम सँस्कृति पार्टीका सांसदले बेल घेरेपछि संसद वैठक स्थगित
काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसदले बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद वैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सांसद हर्क साम्पाङले मन्त्रीले दिएको जवाफमा चित्त नबुझेको भन्दै बोल्नका लागि समय माग गरेका थिए । तर, सभामुखले यसअघि नै मन्त्रीलाई प्रश्न गर्न दिएकाले थप प्रश्न गर्न नपाइने भन्दै रोकेपछि श्रम सँस्कृति पार्टीका सांसदहरुले बेल घेराउ गरेका हुन् ।
