सेयर बजारमा सामान्य अंकको सुधार,कारोबार रकम भने घट्यो
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा अडिएको छ।यसअघि मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगेको थियो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको थियो।नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ।
