बालविकास सहजकर्ताविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा
काठमाडौं : पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयअन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीविरुद्ध कैद र जरिवानाको मागदाबीसहित आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
