फ्री भ्रिसा, फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे, अध्ययन हुँदैछ : मन्त्री यादव
काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् ।उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए ।
