श्रम संस्कृति पार्टीले गर्यो सदनमा वेल घेराउ
काठमाडौं : श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधयेकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरि प्रश्न गर्न पाउनु पर्ने भन्दै वेल घेराउ गरेका हुन् । मन्त्री यादवले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए । प्रतिप्रश्नको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरि प्रश्न गर्न पाउनु पर्ने भन्दै उनले उठेर विरोध जनाएका थिए ।
