नेपालका कुन-कुन अस्पतालमा क्यान्सरको औषधि पाइन्छ सार्वजनिक गर्न सांसदको माग
काठमाडौं : नेपाली काङ्ग्रेसकी सांसद सीता थपलियाले देशभरका क्यान्सर अस्पतालहरूमा अत्यावश्यक औषधिको चरम अभाव देखिएको भन्दै संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थपलियाले क्यान्सरका बिरामीले प्रयोग गर्ने 'सिस्प्लाटिन' र 'कार्बोप्लाटिन' जस्ता जीवनरक्षक औषधि बजारमा नपाइएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।
