रुसी युद्धपोतले बेलायतको बिलासी जहाजमा चलायो गोली
रुस : बेलायत र मस्कोबीच तनाव बढिरहेका बेला मंगलबार बिहान इङलिस च्यानलमा यात्रा गरिरहेको एक बेलायती निजी याट (बिलासी जहाज) नजिक रुसी युद्धपोतले चेतावनीस्वरूप गोली चलाएको छ । यो दुर्लभ घटना बिहान ११ः४० बजे इङलिस च्यानलमा, आइल अफ वाइट (टापु) बाट २० माइलभन्दा बढी दक्षिण र नोर्मान्डीबाट करिब ४० माइल उत्तरतर्फ भएको थियो ।‘ब्राइट फ्युचर’ नामको निजी याट रुसी युद्धपोत एडमिरल ग्रिगोरोभिच नजिक पुगेपछि चेतावनी दिइएको बताइएको छ ।
