SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

हिरा र बहुमूल्य पत्थरमा भ्याट हटाउन माग

काठमाडौं : नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर हटाउन माग गरेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत भ्याट लगाउन थालेपछि यी वस्तुको व्यवसाय चौपट भएको भन्दै संघले भ्याट हटाउन माग गरेको हो। संघका अध्यक्ष सुमनमान ताम्राकारले भ्याटका कारण भारतभन्दा नेपालमा हिरा र बहुमूल्य पत्थर १२ प्रतिशत महँगो हुने भएकाले तस्करी बढेको बताए।